सत्ता गठबन्धनका उम्मेदवार भन्छन, सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ
पाेखरा | कात्तिक २५, २०७९
पोखरा: आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यतिबेला मत माग्न घरदैलो गरिरहेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर दुईका साझा उम्मेदवारले आफूहरु सरकारमा भएपछि जनताका समस्या समाधान गर्न सकिने बताएका छन् । शुक्रबार विहान घरदैलो कार्यक्रममा मतदातासँग भेटघाट गर्दै उम्मेदवारहरुले जनताका माग साना (खानेपानी, विजुली लगायत) भए पनि समस्या भने ठूलो रहेको बताउँदै ती समस्या पुरा गर्नको लागि मतदाताको साथ र सहयोग चाहिने बताएका थिए । ‘हामीलाई तपाईहरु साथ दिनुस तपाईका समस्या हामी पुरा गर्छौ’ उम्मेदवारहरुले भने ।
कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल र २ को १ का उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने पोखरा महानगरपालिका–१७ छोरेपाटनमा घरदैलो गरिरहेका छन् भने २ को २ का उम्मेदवार नेपाली काँग्रेसका विन्दुकुमार थापा पोखरा महानगरपालिका–११ काहुँमा घरदैलो कार्यक्रममा छन् । छोरेपाटनमा मतदातासँग भेट्दै बरालले भ्रष्टाचार रोक्न र सुशासन कायम गर्नको लागि पनि गठबन्धनलाई मत दिनुपर्ने बताएका छन् । उनले आफू संसदीय यात्रा तय गरेपछि विकास र समृद्धिका कार्यमै अघि बढ्ने बताएका छन् । नियम कानुन निर्माण गर्दै पिछाडिएको समुदायलाई अगाडि बढाउन पनि आफ्नो भूमिका महत्वपूर्ण हुने उनको भनाई छ । ‘कृषि क्रान्ति गर्छौ’ उनले भने, ‘पोखरामा मुटु, प्रसुति र बाल अस्पताल निर्माण गर्नेछौ । स्थानीय तहमा भएका घोषणापत्रको कार्यान्वयन गर्न पनि सहयोग गर्नेछौ ।’ सुकुम्बासीको लागि लालपूर्जा दिने, पोखराको प्रमुख समस्या रहेको खानेपानी व्यवस्थापनका योजना पनि अघि सारेका छन् । उम्मेदवार बरालले पोखराका व्यवसायीलाई संरक्षण र प्रवद्वन गर्ने योजना पनि सार्वजानिक गरेका छन् ।
यस्तै, विश्वप्रकाश लामिछानेले जनताको जीवन परिवर्तन गर्न पनि गठबन्धनलाई मतदान गर्न आग्रह गरे । ‘हामीसँग आर्थिक परिवतर्न गर्ने प्रष्ट योजना छन्’ उनले भने, पोखरा उपत्यका नगर विकास समिति, फेवाताल संरक्षण उच्चस्तरीय आयोग र पोखरा चक्रपथ योजनामा काम गरेको छु । अनुभव पनि छ । कसरी कार्य गर्ने भन्ने योजना पनि छन् । मानव विकासको योजना लिएर आएको छु मलाई एक पटक विश्वास गर्नुस । मत दिनुस ।’ चुनावी कोण सभामा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा गोविन्द पोख्रेलले राजनिती अस्थिरता हटाउन र स्थिर राजनीति बनाउन गठबन्धनलाई मत हाल्नुपर्ने बताए । स्थिर राजनिती भए मात्र देशको बिकास हुने बताउँदै उनले गलत ठाउँमा मत दिए गलत नेतृत्व हुने बताएका छन् । यसैगरी, उम्मेदवार विन्दुकुमार थापाले सरकारमा रहदाँ जनताका धेरै काम गर्न सकिने बताए । जनताको आकांक्षा बुझेर पर्यटन र कृषिमा जोड दिइने उनले बताएका छन् । काहुँमा मतदातासँग भेटघाट गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले प्याकेजमा कार्यक्रम ल्याएर विकासको ज्वाला फुटाइने बताएका छन् । ‘तपाईहरुको साथ र सहयोग लिएर मात्रै अघि बढ्नेछु’ उनले भने । स्थानीय बामदेवप्रसाद आचार्यले जनताको अड्किएको काम पुरा गर्न पनि थापालाई आग्रह गरेका थिए । ‘जनतातिर फर्किएर विकास गर्नुस’ उनले भने, ‘हाम्रो दुखसुखमा सधै सहभागी हुनुहुन्छ भन्ने विश्वास छ ।’
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

